इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ह्वाट्सएप ह्याक भएको छ।
कार्यालयद्वारा जारी जरुरी सूचनाअनुसार सीडीओले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८५२०८७७७७ को ह्वाट्सएप ह्याक भएको हो। ह्याक भएसँगै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
उक्त नम्बरबाट कुनै पनि सन्देश आएमा विश्वास नगर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ।