झापाका दुई छुट्टाछुट्टै स्थान घटना, दुई जनाको मृत्यु

न्युजलय २ फाल्गुण २०७८, सोमबार १२:५० मा प्रकाशित

झापा । झापाका दुई छुट्टाछुट्टै स्थानमा घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 


झापाको शिवसताक्षी नगरपालिका १ स्थित सडकको नालीमा डुबी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।


शनिबार बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबी रहेको अवस्थामा उनको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाइफ–लाइन अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटना समबन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ । 


यसैगरी झापाको मेचीनगर नगरपालिका १३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागरे एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मान बहादुर बराइली रहेका छन् । शनिबार बेलुका ४ बजे  बराइलीले आफ्नै घरबाट बिजुलीको तार जडान गरी  खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।


उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको थियो । घटनाको सबन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले  जनाएको छ ।