सुनसरी । मोरङको कानेपोखरी गाउँपालिका ३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् ।
आफ्नो मोबाइल घरमै छोडेर घरदेखि निस्केका कोइरालालाई स्थानीयले घरदेखि डेढ किलोमिटर उत्तरमा रहेको जय नेपाल चोक सम्म देखेको बताए । घरमा त्यस्तो केही झैझगडा नभएको उनका छोरा रोशन कोइरालाले बताए ।
घरमा केही दिन अगाडि अंशवण्डा पछि केही थोरै तनावमा रहेका थिय । कालो र सेतो रङ्गको ज्याकेट, कालो पेन्ट, कालोसेतो रङ्गको उनीको सर्ट, कालो रङ्गको गोल्डस्टार जुत्ता र गलबन्दी लगाएका छन् ।
छोरा रोशन कोइराला र बाबुराम कोइरालाले बाबुको खोजिका लागि आफन्त र नातेदार सबैतिर सम्पर्क गरिसकेका छन् । आजसम्म फेला नपरेको परिवारले जनाएको छ ।
उनका भाइ शालिग्राम कोइरालाले कसैले काहिँ कतै देखेमा वा भेटेमा ९८०७०८०१९२ मा वा ९८२४३९५०२३ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवाले आग्रह गरेका छन् ।