एकैदिन थप ४५६ जनामा कोरोना संक्रमण

न्युजलय ६ साउन २०७९, शुक्रबार १०:५६ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ जना र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।