इटहरी । नेपाल आयुर्बेद औषधि व्यवसायी संघ, १ नं.प्रदेश कमिटीको दोस्रो अधिबेशनमा जि पि तिवारीले अध्यक्षको उम्मेद्वार दिएका छन् ।
बिगत लामो समय देखि आयुर्बेदलाई आफ्नो कार्यक्षेत्र बनाएर इटहरी ६ मा आरोग्य आयुर्बेद फार्मेसी तथा आरोग्य आयुर्बेदिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका तिवारीले नेपाल आयुर्बेद औषधि व्यवसायी संघ, १ नं.प्रदेश कमिटीको दोस्रो अधिबेशनमा अध्यक्षको उम्मेद्वारी दिएका हुन् ।
बैंशाख १० गते हुने अधिवेशनमा उनले ‘नेपाल आयुर्बेद औषधि ब्यबसायी संघको पहिचान, स्वास्थ्य र निरोगीताको साझा अभियान’ नारासहित उम्मेद्वारी दिएका हुन् । उनले आयुर्बेद औषधि ब्यबसायी संघको प्रमुख लक्ष ब्यबसायीक एकता भएको प्रष्ट पारे ।
हाल नेपाल आयुर्बेद औषधि व्यवसायि संघ, प्रदेश १ को सचिब रहेका तिवारीले गुणस्तरिय आयुर्बेदिक औषधिलाई सबै बर्ग, सबै भुगोल र सबै स्तरसम्म पुर्याएर उपदेयतालाई बुझाउने योजना रहेको बताए ।
तिवारी एक कुशल साहित्यकार समेत हुन् ।