थपिए ८८ जना कोरोना संक्रमित

न्युजलय २३ फाल्गुण २०७८, सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८ जना कोरोना  संक्रमित थपिएका छन् । आठ हजार ६३८ वटा नमुनामा परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६  हजार १५० पुगेको छ ।

आज थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।