सेयर बजारमा सामान्य सुधार

न्युजलय २३ फाल्गुण २०७९, मङ्गलबार १०:०५ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । मंगलबार १४.४१ अंकले बढेर बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ ।

मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।