उदयपुरबाट ४ सय केजी गाँजासहित तीन जना पक्राउ

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार ०७:०७ मा प्रकाशित

उदयपुर । उदयपुरको बेलका नगरपलिका–८ सिरुवानीबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार समेत बरामद गरेको छ ।

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।