टी–२० विश्वकपः अष्ट्रेलियासँग ओमान ३९ रनले पराजित

न्युजलय २४ जेठ २०८१, बिहिबार ०५:४० मा प्रकाशित

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेट अष्ट्रेलियाले ओमानलाई पराजित गरेको छ।

बिहीबार बिहान भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र शकील अहमदले ११ रनको योगदान दिए।

बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिसले ३, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पारेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।