आयोगको निर्धारित समयमा ४७ हजार बढीद्वारा उम्मेदवारी दर्ता

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार ०१:२८ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताको ५ बजेसम्मको सूची सार्वजनिक गरेको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो ।

 

आयोगले निर्धारण गरेको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १६२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १६०६ जनाले दर्ता गराएका छन् ।


यसैगरी उपप्रमुख पदमा ९५२ तथा उपाध्यक्ष पदमा १०४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १२ हजार १५१ जना, महिला सदस्य पदमा ७५९९, महिला दलित सदस्य पदमा ६६३७ र सदस्य पदमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।