स्थानिय निर्वाचन : मतपत्र छपाईको काम सम्पन्न

न्युजलय २३ बैशाख २०७९, शुक्रबार ०१:४८ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सकिएको जनाएको छ ।

 

मतपत्र छपाईको काम सकिएपनि ढुवानीको काम भने बाँकी छ । सबै जिल्लाहरुमा शुक्रबारसम्म मतपत्र पुग्ने आयोगले जनाएको छ ।


यस्तै आयोगले निर्वाचनमा खटाइएको कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा कानून बमोजिम कडा कारवाही गर्न निर्देशन दिएको छ ।

 

कारबाहीको अधिकार मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिइएको छ ।


आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारणसहित उपयुक्त कारण परेको अवस्थामा बाहेक अब कार्यक्षेत्र फेरबदल नगर्न नगराउन पनि निर्देशन दिएको छ ।