सेयर बजार ४१ अंकले घट्यो

न्युजलय २८ पुस २०७९, बिहिबार ०९:१२ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ४१ अंकले ओर्लिएको छ । 

सो अंकको कमीपछि नेप्से २१४९ अंकमा कायम भएको छ । कारोबार रकममा पनि कमी आएको छ ।

अघिल्लो कारोबार दिन कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ५ अर्ब ४७ करोडमा खुम्चियो । २१ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने एउटाको स्थिर रहृयो । सबैजसो उपसमूह घटेका छन् ।

बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ६८, होटल तथा पर्यटन ८५, जलविद्युत् ५८, जीवन बीमा ३०९, उत्पादन १३९, माइक्रोफाइनान्स ९३, निर्जीवन बीमा २३३ र अन्य उपसमूह २१ अंक घटे । ब्यापार उपसमूह भने १५ अंक बढ्यो । बाराही र सिंगटी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।