इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेहृथुम र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ४२६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९९ महिला र २२७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ७०५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।