काठमाडौंमा श्रीमती मृत फेला, श्रीमान् बेहोस

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०६:३४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको शंखमुलमा २९ वर्षीया सहारा गुरुङ मृत भेटिएकी छिन् । 

उनका पति ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  प्रकाशलाई उपचारका लागी बानेश्वरस्थित भेनस अस्पतालमा राखिएको छ । 

सहाराको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पति–पत्नी दुवैले डिप्रेशनको औषधि खाने गरेको खुलेको छ ।

शव प्रकृति हेर्दा सहाराको शव ३ दिन पुरानो हुनसक्ने बताइएको छ । परिवारले ढोका फुटाएर हेर्दा सहारा मृत अवस्थामा र प्रकाश उनीसँगै बेहोस अवस्थामा भेटिएका हुन् ।