काठमाडौं। मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका(२ की ३६ वर्षीया महिलाको आज मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार दिउँसो १ः२५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ९ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतक महिलामा श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापसम्बन्धी समस्या समेत रहेको प्रतिष्ठानले जनाएको छ ।