सुनको मूल्यमा सामान्य गिरावट

न्युजलय ४ जेठ २०८०, बिहिबार ०४:४८ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो । 

जसअनुसार आज छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।