ट्रकमा मोटरसाइकल ठोक्किँदा सुनसरीका अन्सारीको मृत्यु

न्युजलय २१ फाल्गुण २०७८, शनिवार ०५:५७ मा प्रकाशित

झापा । दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरीका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो । 

ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।