आज देशभर आंशिकदेखि सामान्य बदली

न्युजलय ७ बैशाख २०७९, बुधबार ०१:५७ मा प्रकाशित

काठमाडौँ । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। 


बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।


दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।