सेयर बजार ५५ अंकले बढ्यो

न्युजलय ३० साउन २०७९, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । 

यसअघि लगातार ५ दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल २ अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब ८७ करोडको कारोबार भएको थियो । 

सबै उपसमूह बढेका छन् । बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढे ।

कुल १८० कम्पनीको मूल्य बढ्दा ४ को मात्रै घट्यो । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।