ओखलढुंगामा चुनाव लड्न २० जना शिक्षकले जागिर छाडे

न्युजलय १० बैशाख २०७९, शनिवार ०१:३५ मा प्रकाशित

ओखलढुंगा । चुनाव लड्न ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनमा चुनाव लड्न जिल्लाका विभिन्न सामुदायिक विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन् ।


स्थानीय निर्वाचन घोषणा भएपछि २ महिनाको अवधिमा जिल्लामा २० जना शिक्षकले राजीनामा बुझाएको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । राजीनामामा विविध व्यक्तिगत कारण भनिएपनि अधिकांश शिक्षकले चुनाव लड्ने उद्देश्यले राजीनामा दिएको बताएको उनको भनाई छ ।


देवीआधारभुत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभुत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकर प्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्विकृत भएको ईकाइ प्रमुख गजुरलले जानकारी दिए ।


यस्तै हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोप बहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्द प्रसाद अधिकारी, कालिका आधारभुत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ ।


सोडान्तर आधारभुत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभुत विद्यालयका शिक्षक तोयानाथ काफ्ले, चन्चला आधारभुत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शंखवीर राईले पनि शिक्षण पेशाा त्यागेर राजीनामा दिएको शिक्षा विकास तथा समन्वय ईकाइ ओखलढुङ्गाले जनाएको छ ।


कार्यालयका अनुसार राजिनामा दिने अधिकांश शिक्षकहरु पेन्सन भईसकेका हुन् ।