झापा । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेशको अधिवेशनबाट अविजाल बिष्ट प्रदेश अध्यक्षमा चुनिएका छन् । शनिवार झापाको बिर्तामोडमा सम्पन्न ऐतिहासिक अधिवेशनले मोरङका बिष्टको अध्यक्षतामा सर्वसम्मत प्रदेश समिति चयन गरेको हो।
अधिवेशनबाट समितिको खुल्ला उपाध्यक्षमा सुनसरीका सुमन पुरी र महिला उपाध्यक्षमा इलामकी शुष्मा श्रेष्ठ तथा महासचिवमा झापाका गोपाल झापाली चयन भए भने खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी सचिवमा ओखलढुंगाका रविन श्रेष्ठ र कोषाध्यक्षमा झापाका युवराज विवश सर्वसम्मत चयन भएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज लीलाराज भट्टराईको अध्यक्षतामा गठित बन्द सत्रको अध्यक्ष मण्डलले सबै आकांक्षीहरुको नाम संकलन गरी जिल्ला अनुसारको अनुपातमा जिल्ला कमिटिको सिफारिसमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।
निर्वाचित समितिलाई संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।