शीर्ष नेता बहिष्कार गर्ने ‘नो नट अगेन’ अभियानका पेज बन्द गर्न निर्देशन

न्युजलय ९ कार्तिक २०७९, बुधबार ०२:२२ मा प्रकाशित

काठमाडौं । शीर्ष नेताहरुलाई निर्वाचनमा पराजित गरौं भन्ने आह्वान गर्ने फेसबुक पेजहरु बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । ‘नो नट अगेन’का नामबाट सञ्चालित पेजहरुमा शीर्ष नेताहरुलाई योपटक नतिजाउन अपिल गर्ने गरिएको छ ।

आयोगले उक्त पेजमा भ्रमपूर्ण अभिव्यक्ति र लाञ्छानापूर्ण अभिव्यक्ति दिएको भन्दै बन्द गर्न निर्देशन दिएको हो। उक्त गतिविधि विद्युतीय कारोबार ऐन विपरीत भएको भन्दै कारबाहीको चेतावनी पनि आयोगको छ। 

उक्त कसरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद तथा दुबै सजाय हुनसक्ने तर्फ पनि आयोगले सचेत गराएको छ।