पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ यात्रु घाइते

न्युजलय २६ साउन २०७९, बिहिबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ ।  दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । 

बिहिबार (आज) बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।