ताप्लेजु । ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका–४ स्थित कोप्चेमा विहान ८ बजेदेखि लागेको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको बताइएको छ ।
वृद्धालाई घरभित्रबाट घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको बताइएको छ ।
उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरी, प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।