विराटनगर । आज दिउँसो १ बजे कोशी प्रदेशको विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गरेको बताइएको छ ।
गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका थिए ।