खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन भरतपुर घर भई खोटाङ को रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन ।
शनिबार बेलुकी प्रदेश ३–०२–००७ प ५३३३ नंबरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।