कागज नहुँदा २० लाख पुस्तक छाप्न बाँकी

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०१:११ मा प्रकाशित

काठमाडौं । नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि अझै २० लाख पुस्तक छाप्नै बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । 

पुस्तक नै नभएपछि अहिले पढाइ प्रभावित बनेको छ । तर लिमिटेडले अझै केही समय पुस्तक छाप्नै लाग्ने जनाएको छ । १ करोड ७० लाख थान नयाँ पुस्तक छापिसकिएको छ भने अझै करिब २० लाख थान पुस्तक छाप्न बाँकी छ।

पुस्तक छपाइमा ढिला हुनुको कारण समयमा कागज आपूर्ति हुन नसक्नु रहेको जनाइएको छ । कागज भारतबाट ल्याउनुपर्छ। तर रुस-युक्रेन युद्धका कारण त्यहाँ पनि कागजको कमी भएको छ ।

कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो पुस्तक छापिँदै आएको छ।