काठमाडौं । बंगलादेश यू १९ महिला टिमले जारी साफ च्याम्पियनसिपमा भारतको यू १९ महिला टिमलाई १–० गोलअन्तरले हराएको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफ कमल रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा बंगलादेशले भारतलाई हराएको हो।
बंगलादेशका लागि सामसुन्हर एसले गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन्। यसँगै बंगलादेशले जारी प्रतियोगितामा ७ अंक बनाएको छ। बंगलादेश ७ अंकका साथ जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा छ।
भारत ६ अंकका साथ दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ। नेपालले आज भुटानलाई हराउन सके नेपाल शीर्षस्थानमा पुग्नेछ।