विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को मतपत्रमा नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो । नामावलीमा छुटेका ३ जनालाई सर्वसम्मत गर्ने सहमति पछि निर्वाचन प्रक्रिया सुरू भएको हो ।
बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि सदस्यको उम्मेदवारी नभेटेपछि मतदान सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको हो ।
जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । नाम छुटेका तीनै जनालाई सर्वसम्मत गर्ने सहमतिपछि निर्वाचन प्रक्रिया सुरू भएको जनाइएको छ ।