इटहरी । सुनसरीको इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मुना प्रसाई तिम्सीना चयन भएकी छिन् ।
तिम्सिनाको अध्यक्षतामा गठित १३ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा पद्मादेवी पन्धाक, सचिवमा जानुकला तामाङ कोषाध्यक्षमा पुनम थापा मगर सदस्यहरुमा बालकुमारी लुइटेल, कमला निरौला, सुष्मा थापालगायत छन् ।
यस्तै लेखा समिति संयोजकमा विनोद भट्टराई, सदस्यमा सशी आचार्य र पदमकुमारी भण्डारी लाई चयन गरिएको छ । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं वार्षिक साधारणसभामा उनीहरुको सपथ ग्रहण गरिएको छ ।
सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको सहकारीमा ९ हजार जनाभन्दा बढी सदस्य छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा सहकारीकी संस्थापक तथा निवर्तमान अध्यक्ष अमृता सुब्बाले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले सहकारी स्थापनाको संघर्ष र हालको अवस्थाबारेमा जानकारी गराएकी थिइन् ।
सहकारीको विकास र व्यवस्थापनलाई अझ चुस्त दुरुस्त बनाउनका लागि विभिन्न काम भइरहेको अध्यक्ष सुब्बाले बताइन् ।
जेष्ठ नागरिक समाज इटहरीका अध्यक्ष खगेन्द्रप्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेफ्सकुनका सञ्चालक सदस्य सालिकराम ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाललगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सहकारी सदस्यहरुको उपस्थिती रहेको थियो ।