पाथीभरा एड्भरटाइजिङ र जब लिङ्कद्वारा जनता क्यामपसमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण

न्युजलय २४ माघ २०७८, सोमबार ०१:०० मा प्रकाशित

इटहरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरिएको छ ।

 

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र महेन्द्र माध्यमिक विद्यालयमा पाथीभराले उक्त सामाग्री वितरण गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भनेर भेन्डिङ मेसिन वितरण गरिएको हो ।


सामाग्री वितरण कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् ।  


पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।