डीभीएम स्कुलद्वारा इतिहासमा इटहरी पुस्तकका सम्पादक दाहाल सम्मानित

न्युजलय ३० चैत २०७८, बुधबार १२:४८ मा प्रकाशित

इटहरी । नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी (डीभीएम)ले वार्षिक उत्सवको अवसर पारेर सम्मान तथा शैक्षिक प्रदर्शनी कार्यक्रम गरेको छ । 


विद्यार्थीहरुलाई पूर्विय संस्कार तथा वैदिक दर्शनमा आधारित शिक्षा प्रदान गर्दै आएको डीभीएमले पत्रकार तथा इतिहासमा इटहरी पुस्तकका सम्पादक हिमाल दाहाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री रामकुमार सुब्बा, स्कुलका अध्यक्ष ध्रुब सुब्बा तथा प्रधानाध्यापक डाक्टर वेणु सिटौलालगायतले सम्मान गरेका हुन् ।


कार्यक्रममा विद्यालयका अन्य ८ जना शिक्षक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका विज्ञान तथा शैक्षिक प्रदर्शनीसमेत गरिएको थियो ।


कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य सचिन पोख्रेललगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।