काठमाडौँ । मंगलबार (आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ छ ।
सुनको मूल्यमा गिरावट आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ ।