झापाबाट लागुऔषधसहित पाँचथरका एक युवक पक्राउ

न्युजलय २५ पुस २०७८, आइतबार ०१:२२ मा प्रकाशित

झापा । शनिबार झापा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनान्द गाउँपालिका ३ का २६ वर्षीय राकेश तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो । 


पक्राउ परेका तामाङको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद ब्राउनसुगरसहित तामाङलाई थप अनुसन्धान भैरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।