अभिनेता अनमोल केसी हिरासतमुक्त

न्युजलय १५ असोज २०८०, सोमबार ०३:४४ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । 


चलचित्र ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो । 


अनमोलले प्रहरीले गरेको सोधपुछमा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका छन् ।


जिल्ला अदालत काठमाडौंले तीन दिन अनुसन्धान गर्न दिएको समय आइतबार सकिएसँगै प्रहरीले उनलाई छाडेको हो । उनलाई हाजिरी जमानीमा छाडेको प्रहरीले जनाएको छ ।