मोटरसाइकल दुर्घटना हुँदा आमा छोरीको मृत्यु

न्युजलय २४ माघ २०७८, सोमबार ०८:४४ मा प्रकाशित

पर्सा । पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ।

जिराभवानी गाँउपालिका–४ भवानीपुरका ३० वर्षीया विद्यादेवी थारू र उनकी छोरी ४ वर्षीया अन्या कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

आइतबार सुपौलीबाट पाण्डेपुरतर्फ जाँदै गरेको ना ४ त ८१४६ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जादैँ गरेको बा ५५ प ६५२८ नम्बरको मोटरसाइकलाई भवानीपुरमा ठक्कर दिएको हो।

छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आमा विद्यादेवीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका जेठाजु अनिल महतो सामान्य घाइते भएका छन्।

ट्रयाक्टर चालक पर्साकै जगरनाथपुर गाउँपालिका २ लक्ष्मीपुरका ५० वर्षीय सुरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।