बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा बुझाए १५ लाख धरौटी

न्युजलय २९ मङ्सिर २०८०, शुक्रबार ०९:५८ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।  विभागमा धरौटी बुझाएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणले आजै काठमाडौँ जिल्ला अदालतमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका थिए।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले शुक्रबार धरौटी बुझाएका हुन्।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।