झापाबाट ५० ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

न्युजलय ११ भदौ २०८०, सोमबार ०१:२० मा प्रकाशित

झापा । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

उर्लाबारी नगरपालिका–७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका–१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका –४ का २५ वर्षीय सन्देश लिम्बूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।

आइतबार राती दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने ५० ग्राम लिसाइलो पदार्थ, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो । 

सशस्त्रले  प्रदेश १–०२–०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउन सुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि  नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।