गाई मरेपछी बिस्वकर्माले गरे आमा सरह काजकृया

न्युजलय २७ पुस २०७८, मङ्गलबार ०२:२१ मा प्रकाशित

इटहरी । आफूले पालेर दूध खाँदै गरेको गाई मरेपछि सुनसरीको रामधुनी नगरपालिका ४ इक्राहीस्थित भोजपुरे टोलका दुर्गा विश्वकर्मा दर्नालले आमा सरह काजक्रिया गरेका छन् ।


हिन्दु सनातन धर्ममा मातापिताको देहान्त भएको दिनदेखि १३ दिनसम्म कोरामा बसेर रित अनुसार काजक्रिया गर्ने गरिन्छ । दर्नालले पनि पण्डीत बोलाएर दिनहुँ काजक्रिया गर्न थालेका छन् । 


राधे राधे भनेर चिनिने दुर्गा आमा सरहको मर्यादा राखेर कपाल मुण्डन गरि कोरा बसेका छन् । २१ वर्षअघि आफैले बाछी किनेर हुर्काउदै पालन पोषण गरेको गाई मरेपछि उनले आमाको स्थान दिएर जुठो बारी कृयापुत्री बसेको बताइएको छ । 


दुर्गाले आफू १० दिनसम्म बार्ने अनि कोरो ढिकुरो फुटाउने बताएका छन् । उनले स्वविवेकमा यस्तो कार्य गरेको बताएका छन् । 


दुर्गाले गाइ मरेपछि मलामीसहित गएर रामनामी कात्रोले बेरी जङ्गलमा पुरेका थिए ।