काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनामा गरिएको परीक्षणमा ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।
नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।