नेप्सेमा ७६ अंकमाथिको वृद्धि

न्युजलय २४ माघ २०७९, मङ्गलबार ०९:२३ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार परिसूचक नेप्सेमा ७६ अंकमाथिको वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७६.६४ अंकले बढ्दै २१ सय ७७.३४ अंकमा उक्लिएको हो । 

यस दिन कारोबार रकम समेत बढेर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ८९ अंकमाथिले नेप्से घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।