काठमाडौं । मंगलबार(आज) नेप्से परिसूचक १७ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको थियो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३.६५ अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।
यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।