यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २९ साउन २०७९, आइतबार ०१:०८ मा प्रकाशित

काठमाडौं । आइतबार  बिहान गण्डकी, लुम्बिनी र प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षितमा अवस्थित रहेको छ ।   

  

जसका कारण गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको विभागले जनाएको छ ।


आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

 

देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले  जनाएको छ । 


विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।  


आज राति प्रदेश १, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


विभागले भारी वर्षा  हुन सक्ने क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।