इटहरी । इटहरीका पूर्व प्रधानपञ्च राम प्रसाद श्रेष्ठको आइतबार राति निधन भएको छ ।
उनी इटहरीका दोस्रो प्रधानपञ्च निर्वाचित भएका थिए। उनले आफ्नो कार्याकालमा इटहरीका विभिन्न सडकहरु निर्माण गराएका थिए । उनले इटहरीको व्यवस्थित वस्ती विकासका लागि समेत अवधारणा बनाएर लागू गर्ने कोसिस गरेका थिए । उनीपछि अब इटहरीमा राम कुमार सुब्बा मात्र जिवित प्रधानपञ्च छन् ।
श्रेष्ठ कामधेनु दुग्ध बिकास सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत हुन् ।