खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो

न्युजलय १३ माघ २०७८, बिहिबार ०१:३६ मा प्रकाशित

खोटाङ । खोटाङको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो । 

२०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्याङ्क विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

जिल्लामा परिवारको औषत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ । खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ ।