काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

न्युजलय २९ मङ्सिर २०७८, बुधबार १०:१८ मा प्रकाशित

काठमाण्डौ । नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । 

अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।  

काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । 

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।