मोरङका पाँच नगर र सात गाउँपालिकामा एमाले उमेदवारको टुंगो

न्युजलय ११ बैशाख २०७९, आइतबार ०२:४७ मा प्रकाशित

विराटनगर । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि मोरङका पाँच नगरपालिका र सात गाउँपालिकाका उमेदवारको टुंगो लगाएको छ । तर, उनीहरूको नाम बाँकी पाँच पालिकाको पनि टुंगो लागेपछि मात्र सार्वजनिक गर्ने तयारी छ ।


विराटनगर महानगरपालिकाको विषयमा केन्द्रले निर्णय गर्ने र अरू पालिकाको विषयमा भने छलफल जारी रहेको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।

 

नगरपालिकातर्फ रतुवामाई, सुनवर्षी, उर्लाबारी, रंगेली र लेटाङका उमेदवार तय भएका छन् । केराबारी, कानेपोखरी, कटहरी, बूढीगंगा, जहदा, ग्रामथान र धनपालथान गाउँपालिकामा उठ्ने उमेदवारको अन्तिम नामावली तयार भएको छ ।


अब बेलबारी, पथरीशचिश्चरे, सुन्दरहरैँचा नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका उमेदवार छनोट गर्न बाँकी छ । मोरङमा १७ वटा पालिका छन् ।