सुन्दरहरैचामा २१ महिने बालिका मृत्यु प्रकरणमा २ जना पक्राउ

न्युजलय २९ फाल्गुण २०७८, आइतबार ०५:१२ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जनाएका छन् । शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । 

उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।