रुपन्देही । लुम्बिनी प्रदेशसभाको रेकर्डमा प्रदेश शिक्षामन्त्री बसिउद्दीन खानको शैक्षिक योग्यता स्नातक उल्लेख गरिएको छ । तर उनी अहिले कक्षा १२ को परीक्षा दिँदैछन् ।
मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ मा भर्ना भएका उनी अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ स्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।
तर मन्त्री खानले परिक्षा पास गर्ने सम्भावना छैन । उनी पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि नगएको खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले जानकारी दिए ।
३९ वर्षीय खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं. ४९२० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।