सुन्दरहरैँचा लिटल आइकन २०२२ सम्पन्न

न्युजलय ३१ असोज २०७९, सोमबार ०२:०० मा प्रकाशित

इटहरी । सुन्दरहरैँचा लिटल आइकन २०२२ को ग्राण्ड फिनाले शनिबार सम्पन्न भएको छ । प्याब्सन सुन्दरहरैँचाले सञ्चालन गरेको कार्यक्रममा गर्लस जुनियर तर्फ जान्भी ढकालले ट्रफी हात परेकी छिन् भने ब्वाईज जुनियरतर्फ लोमस भट्टराईले ट्रफी हात पारे । यस्तै गर्लस सिनियरतर्फ दीपिका विश्वकर्माले ट्रफी जितिन् ।


जान्भी सुबिजिमुर मेमोरियल स्कुलमा अध्ययन गर्छिन् भने लोमस हरैँचा मोडल सेकेण्डरी स्कुलका विद्यार्थी हुन् । यस्तै दीपिका पुर्वाञ्चल एकेडेमीमा अध्ययनरत छिन् ।


कार्यक्रममा गल्र्स जुनियरतर्फ फस्र्ट रनरअप हरैँचा मोडल सेकेण्डरी स्कुलकी दिव्यता बानिया बनिन् भने सेकेण्ड रनरअप बालसदन एकेडेमीकी दिब्या लम्साल बनिन् । यस्तै, ब्वाईजतर्फ फस्र्ट रनरअप माउन्ट मकालु स्कुलका शिखर अधिकारी बने भने सेकेण्ड रनरअप सुबिजिमुर मेमोरियल स्कुलका अनुपम आचार्य बनेका छन् । 


यस्तै, गल्र्स सिनियर तर्फ फस्र्ट रनरअप बालसदन एकेडेमीकी स्मारिका पौडेल, सेकेण्ड रनरअप सुबीजिमुर मेमोरियल स्कुलकी लिला लिम्बु बनेकी छिन् । 


फिल्म मेकर, निर्देशक तथा निर्माता रञ्जीता शिवाकोटी, युथ आइकन स्वेच्छा थापा, मिस लेडि नेपाल बिजेता सुदिक्षा खड्गी, अभिनेत्री अलिसा क्षेत्री लिटल आइकनको जज बनेका थिए । 


कार्यक्रमलाई रक्षा मिडिया हाउसले व्यवस्थापन गरेको थियो भने कार्यक्रमका व्यवस्थापन निर्देशक भुवन राउत थिए । कार्यक्रमको कोरियोग्राफ प्रनिशा रिजालले गरेकी थिइन् । शिवानी दत्त ग्रुमिङ निर्देशक र तिर्थ ढकालले कार्यक्रमको निर्देशन गरेका हुन् । शिवानी दत्त ग्रुमिङ निर्देशक थिइन् । शिक्षाविद् लक्ष्मी कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतियोगितामा जम्मा ३६ जना विद्यार्थीहरु सहभागि थिए ।